सहकारी अभियन्ता कृष्ण खनाल सहित १० जना नेपाली काङ्ग्रेस सहकारी विभागमा मनोनीत



BP_smriti_bhawan Nepali_congress

काठमाडौं । नेपाली कांग्रेसले सहकारी विभाग अन्तर्गत १० जना सदस्यहरुलाई मनोनीत गरेको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा २५ (९) वमोजिम १० जना सदस्यहरुको मनोनयन गरेको नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल प्रमुख रहनुभएको विभागमा मनोनयन हुने सदस्यहरुमा भानुभक्त ढकाल (बागमती प्रदेश), चन्द्रप्रसाद ढकाल (लुम्बिनी प्रदेश), डिल्लीराम तिवारी (गण्डकी प्रदेश), राजेन्द्र पौडेल (बागमती प्रदेश), गोमा नेपाल (कोशी प्रदेश), पदम दाहाल (कर्णाली प्रदेश), विश्वप्रकाश पौडेल (सुदूरपश्चिम प्रदेश), शम्भु घिमिरे (वागमती प्रदेश), नवराज न्यौपाने (लुम्बिनी प्रदेश) र कृष्ण प्रसाद खनाल (कोशी प्रदेश) छन् ।

प्रतिक्रिया दिनुहोस्