४.७८ अंकले बढ्यो नेप्से परिसूचक



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सुधार भएको छ ।

बिहीबार बजार परिसूचक नेप्से ४.७८ अंकले बढेर २०३५.६४ को बिन्दुमा बन्द भएको हो । सातामा चार कारोबार दिन बजार खुलेकोमा मंगलबार र बिहीबार नेप्से बढेर बन्द हुँदा सोमबार र बुधबार दोहोरो अंकले घटेको थियो ।

बिहीबार बैंकिङ, होटल तथा पर्यटन सहित लघुवित्त, निर्जीवन बीमा र व्यापार उपसूचकमा गिरावट हुँदा त्यसबाहेकका सबै उपसूचक बढेका छन् ।

निर्जीवन बीमा उपसूचक सर्वाधिक ०.६६ प्रतिशतले गिरावट हुँदा लघुवित्त उपसूचक ०.४८ प्रतिशतले गिरावट भएको हो । उत्पादन तथा प्रशोधन उपसूचक २.४० प्रतिशतले वृद्धि भएको छ ।

नेप्सेमा सामान्य वृद्धि देखिए पनि ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने ०.३६ अंकले घटेर ३५९.०९ को बिन्दुमा बन्द भएको छ ।

प्रतिक्रिया दिनुहोस्