खेल डायरीको शुभारम्भ



नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले अनलाईनखबर पत्रिका खेल डायरीको शुभारम्भ गरेका छन् ।

वरिष्ठ फोटोपत्रकार श्याम चित्रकार संस्थापक निर्देशक रहेको ग्राफिक स्पोर्टस् मिडिया भिजनले सञ्चालनमा ल्याएको सो खबर अनलाइनको सम्पादकमा अन्तरिक्ष अधिकारी रहेका छन् भने सह सम्पादक रञ्जना भुजेल छिन् । अनलाईनमा नेपाली र अंग्रेजी दुवै भाषा समेटिएको छ ।

कार्यक्रममा ग्राफिक स्पोर्टस् मिडिया भिजनकी अध्यक्ष सगी चित्रकार, प्रवन्ध निर्देशक नरेन्द्रबहादुर राजभण्डारीलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्