घट्यो सुनको मूल्य, कतिमा हुँदैंछ कारोबार ?



काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २६ हजार ४०० रुपैयाँ र तेजावी सुन १ लाख २५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाल सुन प्रतितोला १ लाख २६ हजार ७०० रुपैयाँ र तेजावी सुनको भाउ तोलाको १ लाख २६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैबीच, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर १५ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्