बन्यजन्तु संरक्षण सम्वन्धीको पाँंचदिने अध्ययन कार्यशाला सुरु



काठमाडौ । वन्यजन्तुहरुबाट सर्नसक्ने रोगको सम्भाव्यता र प्रभाबबारे अध्ययन थालिएको छ । सोमबारदेखि सुरु भएको वन्यजन्तु संरक्षण सम्वन्धी पाँंचदिने कार्यशालामा यसबारे अध्ययन छलफल थालिएको हो । नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरको प्राकृतिक श्रोत व्यवस्थापन संकायलगायतको आयोजनामा सुरु भएको जिव विज्ञान सम्वन्धी कार्यशालामा यसबारे अध्ययन छलफल थालिएको हो ।  

नेकको प्राकृतिक श्रोत व्यवस्थापन संकाय प्रमुख डा.नारायणप्रसाद कोजूले पाँंचदिनसम्म राष्टिय तथा अन्तर्राष्टिय प्राध्यापक र विद्यार्थीको संलग्नतामा यसबारे छलफल सुरु भएको बताए । छलफलको क्रममा बन्यजन्तु संरक्षण, तिनीहरुबाट मानवमा हुनसक्ने सरुवा रोगको सम्भाबना र प्रभाव, वन्यजन्तु सम्वन्धी अध्ययनको तरिका, संकलित तथ्यांकको विश्लेषणलगायतका विषयमा कार्यपत्र प्रस्तुति तथा छलफल हुने उनले बताए । साथै वन्यजन्तु सम्वन्धीको विज्ञान पत्रकारिताबारे पनि छलफल हुने उनले जनाए । त्यस क्रममा वन्यजन्तुबारे समाचार लेख्न सूचना सकलन तरिका, लेखन आदिबारे पनि छलफल हुने उनले सुनाए ।

कार्यशालामा ११ वटा विश्वविद्यालयका २५ जना विद्यार्थी र आठ जना प्राध्यापकहरु संलग्न रहेको जनाइएको छ । कार्यशालामा विद्यार्थीहरुकोतर्फबाट स्नातक उतीर्ण, स्नातकोतर अध्ययनरत विद्यार्थी सहभागी भएको जनाइयो । कार्यशालामा त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, त्रिविअन्तर्गतका आंगिक क्याम्पस तथा आयोजक नेककै गरी विभिन्न विषयका अनुसन्धानकर्मीहरुले अनुसन्धान विधि, प्रयोगबारे छलफल हुने जानकारी गराइने बताइयो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, युनिभर्सिटी अफ वासिंगटन, त्रिभुवन विश्वविद्यालयलगायतबाट सहभागी भएका छन् । कार्यशालामा नेपालका प्राकृतिक श्रोतसाधन र जैविक विविधताका विषयमा अध्ययन अनुसन्धान, मुलकुको प्राकृतिक श्रोतसाधन तथा जैविक विविधताको महत्व, प्राकृतिक श्रोतसाधन तथा जैविक विविधबारे छलफल हुने जनाइयो । प्राकृतिक श्रोतसाधन तथा जैविक विविधको संरक्षण र सम्वर्दन, प्राकृतिक श्रोतसाधन तथा जैविक विविधतको अध्ययन अनुसन्धानको प्रयोगात्मक विधिबारे चर्चा गरिने जनायो । साथै प्राकृतिक श्रोतसाधन तथा जैविक विविधतको अध्ययन अनुसन्धानका लागि प्रयोग हुने उपकरणबारे पनि छलफल हुने जनाइयो । प्राकृतिक श्रोतसाधन तथा जैविक विविधतको अनुसन्धानका सैद्धान्तिक कुराकानी पनि हुने जानकारी गराइयो ।

कार्यशालाको छोटो अवधिले अनुसन्धानका विविध विषयहरुबारे जानकारी प्राप्त गर्न सकिने विश्वास गरिएको छ । यस्ता कार्यशालाको निरन्तरताको आवश्यकताबारे चर्चा गरिने जनाइएको छ । पहिलो दिन प्राकृतिक श्रोतसाधन तथा जैविक विविधतको अध्ययन अनुसन्धानबाटै मलुकको आर्थिक, शैक्षिक वैज्ञानिक उन्नति गर्न सकिने सम्भाबनाबारे चर्चा भयो । प्राकृतिक श्रोत साधनमा विश्वले गरेको अनुभवको आदानप्रदान गरी कार्यक्रम चल्ने जनाइयो । कार्यशाला शुक्रबारसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्