संवैधानिक परिषद्को बैठक स्थगित



काठमाडौं । सोमबारका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ ।

सोमबार बिहान ११ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको हो ।

बैठक स्थगित हुनुको कारण खुलाइएको छैन । यही चैत १८ गते ११ बजे बस्ने गरी बैठक स्थगित गरिएको छ ।

बैठकले महालेखा परीक्षक नियुक्त गर्न सिफारिस गर्ने बुझिएको छ । महालेखा परीक्षक पद लामो समयदेखि रिक्त छ । गत जेठमा टंकमणी शर्मा दंगालको कार्यविधि सकिएपछि उक्त पद रिक्त रहेको हो ।

प्रतिक्रिया दिनुहोस्