बसन्तपुरमा होलीको रौनक (तस्वीरहरू)



काठमाडौं । रंगहरुको पर्व होली आज पहाडी क्षेत्रमा मनाइँदै छ । फागुन शुक्ल पूर्णिमाका दिन आफन्त, साथीभाइबीच अबिर र रंग खेलेर होली पर्व मनाइन्छ ।

बसन्तपुरमा युवा र बालबालिकाहरु रंग र पानीले समेत होली खेलिरहेका छन् । होलीमा विदेशी पाहुना पनि रमाइरहेका छन् ।

फागु पूर्णिमामा एकापसमा रङ, अबिर दलेर नाचगान पनि गरिन्छ । बूढापाका, युवा र बालबालिका पनि नाचगानमा भाग लिन्छन् ।

तस्वीर : रुटिन अफ नेपालबन्दबाट

प्रतिक्रिया दिनुहोस्