आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैंछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला २ हजार ६०० रुपैयाँले वृद्धि भएको हो ।

महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार प्रतितोला २ हजार ६०० रुपैयाँले वृद्धि भएर छापावाला सुन प्रतितोला १ लाख २७ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाला सुन प्रतितोला १ लाख २५ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसै गरी, चाँदीको मूल्य बिहीबार प्रतितोला १५५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्