इलाम–२ मा एमालेले गर्यो सुहाङसहित ६ जनाको नाम सिफारिस



इलाम । इलाम–२ मा १५ वैशाखमा हुने उपनिर्वाचनका लागि नेकपा एमालेले ६ जनाको नाम सिफारिस गरेको छ ।

केन्द्रीय कमिटीले एक महिलासहित ३ जनाको नाम सिफारिस गर्न भने पनि इलाम जिल्ला कमिटीको आइतबार बसेको सचिवालय बैठकले ६ जनाको नाम सिफारिस गरेको हो ।

सिफारिस हुनेमा सुहाङ नेम्वाङ, रवीन्द्र सुवेदी, बुद्धि खनाल, नरेन्द्र भट्टराई, रिपल राई र देवी क्षेत्री दुलाल रहेका छन् । शनिबार पार्टी कार्यालय इलाममा आकांक्षीहरू बीच सहमति जुटाउने उद्देश्यले बैठक राखिए पनि कसैले आवेदन फिर्ता लिन मानेनन् ।

आइतबार पनि सहमतिको प्रयास विफल भएपछि सबै जनाको नाम केन्द्रीय कमिटीमा सिफारिस गरिएको जिल्ला सचिव उमेश गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्