बाँसबारी जग्गा प्रकरण : सांसद चौधरीसँग बयान लिन गृहमन्त्रीको निर्देशन



काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको दस रोपनी जग्गा सरकार मातहत ल्याउने प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन् ।

गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी) प्रमुख श्याम ज्ञवालीलाई आज गृहमन्त्री लामिछानेले सो जग्गा सरकार मातहत ल्याउन प्रक्रिया थाल्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

गृहमन्त्री लामिछानेले छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा सांसद विनोद चौधरीसँग बयान लिन सीआईबीलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्