सुन तस्करीबारे छानबिन गर्न जाँचबुझ आयोगले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन



काठमाडौँ । सुन तस्करीबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ ।

आयोगका अध्यक्ष एवम् पूर्वन्यायाधीश डिल्लीराज आचार्यले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई ४८४ पृष्ठको प्रतिवेदन बुझाएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भई आएको ६०.७१६ केजी र इलेक्ट्रिक चुरोट (भेप) मा लुकाई तस्करी गरिएको साढे ९ केजी सुन प्रकरणमा आयोगले अनुसन्धान गरेको थियो ।

आयोगले कार्यसम्पादनको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा रसुवागढीसहित विभिन्न सात वटा भन्सार नाकाहरूको स्थलगत अवलोकन गरेको थियो।

अनुसन्धानको क्रममा त्रुटि गर्ने सरकारका अधिकारीहरूलाई विभागीय कारबाहीको सिफारिस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्