गठबन्धन परिवर्तनमा हामी दुई भाईलाई जस दिए हुन्छ : अध्यक्ष ओली



काठमाडौँ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन परिवर्तनमा प्रधानमन्त्री पुष्पकमल दाहाल मुख्य रहेको र आफूले साथ दिएको बताएका छन् ।

प्रधानमन्त्रीले राखेको विश्वासको मतलाई समर्थन गर्दै प्रतिनिधिसभामा ओलीले भने, ‘हामीले सँगै मिलेर ठूल्ठूला काम गरेका छौं । राम्रो काम भएजति आफैंले गरेको भन्छ कांग्रेसले, अरुलाई एकछेउ जस दिन्छ ?, उनले भने, ‘सरकार गठनलगायत सानातिना आन्तरिक काम, यत्तिको काम त हामीले गरेको भनेर भन्न’ नि । यो हामीले गरेको हो । प्रचण्डजी मुख्य हो । साथ दिने म पनि हो । दुई भाइलाइ जस दिए पनि हुन्छ नि !

ओलीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन कांग्रेसलाई आग्रह गरे । उनले विगतमा भोटै नमाग्दा पनि समर्थन गर्ने कांग्रेसले अहिले पनि त्यो गर्दा हुने बताए । ‘पोहोर साल कांग्रेस भोटै नमागीकन हतारिएर, हौसिएर, उत्साहित भएर नयाँ ब्याट्री हालेजस्तो थियो । समर्थन गरेको थियो । अब अहिले समर्थन नगर्ने भन्या ? पोहोर समर्थन गर्न हुने, पोहोर एकदम सकारात्मक भाषण गर्नुभएको थियो उफ्रीउफ्रीकन, यसपल्ट के भयो त्यस्तो फेरि ?,’ उनले प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस्