प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्रीले विश्वासको मत लिँदै



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आजका लागि तय भएको प्रतिनधिसभाको बैठकमा विश्वासको मत लिँदै छन् । संघीय संसद् सचिवालयले यसका लागि आवश्यक तयारी गरिसकेको छ ।

यही फागुन २१ गते सत्ता गठबन्धनमा पविर्तन भएसँगै नेपाली काँग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिएपछि आज पुनः प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका दाहाल २०७९ पुस १० गते प्रधानमन्त्रीमा चयन भएका थिए । उनले २०७९ पुस २६ गते विश्वासको मत लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्