श्रीमान–श्रीमतीबीच हुनसक्ने ‘रुममेट सिन्ड्रोम’ के हो ? थाहा पाउनुहोस्



काठमाडौं । यदि श्रीमान–श्रीमती अथवा अन्य रोमान्टिक सम्बन्धमा भावनात्मक कमी हुन सक्छ। उनीहरुबीच शारिरीक सम्बन्ध निर्माण समेत विस्तारै कम हुँदै जान्छ तर परिवार वा समाजको दबाबा कारण उनीहरु अलग हुन सकेका हुँदैनन्। यसलाई भनिन्छ–रुममेट सिन्ड्रोम।

उनीहरु एकै छतमुनि हुन्छन्। सँगै खानपिन हुन्छ । काम, खर्च र घरको जिम्मेवारी पनि आधा-आधा गर्छन् । बाहिरबाट हेर्दा राम्रो जोडीका रुपमा देखिन्छन्। तर, भित्रभित्रै सम्बन्धमा दरार बढ्छ र एक समय त बोझका रुपमा लिन थाल्छन्।

मनोविज्ञानका भाषामा ‘रूममेट सिन्ड्रोम’ भनिन्छ । विभन्न कारणले सम्बन्धमा यसको प्रवेश हुन्छ । यो प्रवेश गरेदेखि नै जोडीको सम्बन्धमा नकारात्मक प्रभाव पर्न थाल्दछ। भागदौडपूर्ण जीवनशैलीमा सम्बन्धमा प्रेम र साथ कम हुँदै गइरहेको छ। त्यसैले यो समस्या पनि बढ्दो देखिन्छ।

भारतीय रिलेशनसिप कोच डा अञ्जलीका अनुसार ‘रूममेट सिन्ड्रोम’ कुनै पनि सम्बन्धमा अचानक आउँदैन। पार्टनर्सहरुले लामो समयसम्म जब सम्बन्धमा तिक्तता राख्छन्, विस्तारै समस्या सिर्जना हुन्छ जसलाई ‘रिलेशनशिप फटिग’ अर्थात् सम्बन्धमा थकान पनि भनिन्छ।

यदि सम्बन्धमा प्रेम र लगाव पूरै सकियो भने यस्तो सम्बन्ध नुहुनु नै राम्रो हुन्छ । तर सामाजिक, आर्थिक, सांस्कृतिक र निजी कारणले मान्छेहरु भावनात्मक दूरीका बाबजुद पनि सम्बन्धमा पूर्णबिराम लगाउने दिशामा मान्छेहरु बढ्दैनन् । विवाहित जोडीहरु ‘रूममेट अप्रोच’को बाटो अपनाउँछन्। उनीहरु मात्र रुममेटका रुपमा सँगै हुन्छन्।

एक समयपछि यसलाई नै सम्बन्धको नियति ठान्छन्। सँगै बस्नु, खानु, उठबस गर्नु सवै हुन्छ तर भावनात्मक लगाव र स्नेह हुँदैन। यस्तो अवस्थामा सम्बन्धमा जीवनभर रहन पनि सक्छ।

केही पलको बेप्रवाहले हुनसक्छ रूममेट सिन्ड्रोम

सम्बन्धमा बोज वा निरस बनाउने रुममेट सिन्ड्रोम केही पलको इग्नोरेन्सबाट पनि सुरु हुन सक्छ । कुनै पार्टनर कुनै कुरासँग रिसाएर दोस्रोसँग कुराकानी कम गर्न सक्छ र नजरअन्दाज गर्दै जान सक्छ । यसले बिस्तारै जोडीलाई रुममेट सिन्ड्रोमतर्फ धकेल्दै लैजान सक्छ। रुममेट सिन्ड्रोमको असर सम्बन्धमा जीवनभर रहन सक्छ । तर यसको सुरुवात एउटा सानो नजरअन्दाज काफी हुन्छ।

सम्बन्धमा रुममेट सिन्ड्रोम आउने कारण

साथमा क्वालिटी टाइम नबिताउनु, शारिरीक निकटताको कमी पार्टनरसँग कम कुराकानी वा कुराकानी नै नगर्नु पार्टनर्सबीच कम्युनिकेशन ग्याप अर्थात् आपसी समझदारीको अभाव पार्टनर्सबीचको बुझाइमा फरक पर्नु वा एक(अर्काप्रति शंका बढ्नु र भरोसा घट्नु इनफिडिलिटी अर्थात् एक पार्टनरको सम्बन्धभन्दा बाहिर अर्कैसँग भावनात्मक निकटता बढ्नु झगडाका कारण एक(अर्कालाई नजरअन्दाज गर्नु यौन चाहनाको कमी हुँदै जानु व्यक्तिगत जीवनलाई लिएर चाहिने भन्दा बढी शतर्क हुनु ।

यसबाट बाहिर निस्किने उपाय

पार्टनरको सवैभन्दा ठूलो खुबीको पहिचान गरेर यसैको सहारामा उसको निकट हुने प्रयास गर्नुपर्छ। सम्बन्धमा केही कुरा अचानक गर्नुपर्छ। जस्तो, कहीँ घुमाउने फैसला, कुनै वाचा गर्ने र सरप्राइज गिफ्ट दिने ।

सम्बन्धमा एकरुपता आउन दिनु हुँदैन । कुनै काम वा कुराले एकरुप रहेको सम्बन्धको प्याटर्न बदल्ने र नयाँपन दिने कोशिश गरिरहने । पार्टनरसँग कुराकानी बढाउने र सँगै क्वालिटी टाइम बिताउने कोशिस गर्ने ।
(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्