राष्ट्रियसभालाई गरिमामय बनाउन प्रयत्न गर्छु : अध्यक्ष दाहाल



काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले राष्ट्रियसभालाई ओझपूर्ण र गरिमामय बनाउन प्रयत्न गर्ने बताएका छन् ।

मंगलबार राष्ट्रियसभा अध्यक्षमा निर्वाचित भएपछि संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले कानून निर्माण लगायतका विषयमा राष्ट्रियसभाको अधिकारक्षेत्रभित्र पर्ने हरेक कामलाई गम्भीरतापूर्वक लिएर अघि बढ्ने बताए ।

उनले चुनौतीलाई अवसरको रुपमा लिएर काम गर्ने धारणा राखे । राष्ट्रियसभाले गर्ने सबै भूमिकालाई प्रभावकारी बनाउन सबै दलहरूलाई एकतावद्ध भएर लैजाने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्