राष्ट्रियसभा अध्यक्षमा मतदान प्रक्रिया सुरु



काठमाडौँ । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको अध्यक्ष पदका लागि मतदान प्रक्रिया सुरु भएको छ । राष्ट्रियसभा बैठकमा उपाध्यक्ष उर्मिला अर्यालले बैठक सुरु गर्दै अध्यक्षको निर्वाचन प्रक्रिया अघि बढाएकी हुन् ।

राष्ट्रियसभा अध्यक्षमा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नारायण दाहाल र कांग्रेसका युवराज शर्मा उम्मेदवार छन् ।

दाहाललाई गठबन्धनमा आवद्ध दलहरुको समर्थन छ भने शर्मालाई लोसपा र जनमोर्चाको साथ छ ।

प्रतिक्रिया दिनुहोस्