प्रदेशसभा उपनिर्वाचनमा रास्वपाले भाग नलिने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी १५ बैशाखमा बझाङ (१) मा हुने उपनिर्वाचनमा भाग नलिने भएको छ ।

सोमबार बसेको केन्द्रीय समिति बैठकले प्रदेशसभाको उपनिर्वाचनमा भाग नलिने निर्णय गरेको महामन्त्री मुकुल ढकालले जानकारी दिए ।

सोमबार बसेको केन्द्रीय समिति बैठकले प्रतिनिधिसभाको उपनिर्वाचन हुने इलाम–२ मा उम्मेदवारी दिने तर त्यसै दिन उपनिर्वाचन हुने बझाङ (१) मा भने उम्मेदवारी नदिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्