आज सुनको मूल्य स्थिर, कतिमा हुँदैंछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा तीन दिन देखि लगातार बढी रहेको सुनको मूल्य शुक्रबार(आज)स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँ र तेजावी सुन १ लाख २४ हजार ४०० सय रुपैयाँमा कारोबार भइरहेको छ ।

महासङ्घका अनुसार बिहीबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी तोलाको १४७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्