हरेक तहमा ५० % महिला नेतृत्व सुनिश्चित हुनुपर्छ : उपप्रमुख लामा



काठमाडौं । बूढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामाले स्थानीय, प्रदेश र संघीय निर्वाचनमा महिलाले नेतृत्व लिनुपर्ने बताएकी छन।

अन्तरास्ट्रिय नारी दिवसको अवसरमा बूढानिलकण्ठ नगरपालिका वडा नं ११ ले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै उपप्रमुख लामाले हरेक तहमा अब ५०%(पचास प्रतिसत) महिला नेतृत्व सुनिश्चित हुनुपर्ने धारणा राखेकी थिइन।

बूढानिलकण्ठ नगरपालिका, यसमा पर्ने प्रदेश र संघीय निर्वाचन क्षेत्रहरुमा पनि महिला नेतृत्व आउनुपर्ने संकेत गर्दै उपप्रमुख लामाले हरेक गतिविधिमा सक्रिय सहभागिताले मात्र महिलाहरुमा नेतृत्व विकास हुने बताएकी छिन् ।

बूढानिलकण्ठ नगरपालिका वडा नं ११ का अध्यक्ष राजु अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा नगर प्रवक्ता तथा वडा नं १० का अध्यक्ष नवराज भट्टराई, कार्यपालिका सदस्य तथा सामाजिक विकास समितीकी संयोजक शान्ता ढकाल पुडासैनी, नगरपालिकाको महिला तथा बालबालिका महाशाखाकी प्रमुख पुस्पा बम सहित विभिन्न वडाका सदस्यहरु र स्थानीय महिला समुहका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो।

सो अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका वडा नं ११ निवासी महिला व्यक्तित्वहरुलाई सम्मान गरिएको वडा नं ११ की सदस्य शर्मिला गौतमले जानकारी दिएकी छन।

प्रतिक्रिया दिनुहोस्