त्रिशूली बस दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुग्यो



काठमाडौं । धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात जना पुगेको छ ।

कपिलवस्तुबाट काठमाडौँतिर आउँदै गरेको लु २ ख २१२१ नम्बरका यात्रुवाहक बस धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा दुर्घटनामा परेको थियो । बुधबार बिहान भएको सो दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षकले जानकारी दिए ।

बस पृथ्वीराजमार्गबाट करिब एक सय मिटर तल त्रिशूली नदीमा खसेको हो ।

दुर्घटनामा ३५ जनाभन्दा बढी घाइते भएका छन् । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीय उद्धारमा खटिरहेका छन् । सशस्त्र प्रहरी, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्