नयाँ गठबन्धन बैठक : ओली र प्रचण्ड दुई-दुई वर्ष प्रधानमन्त्री बन्ने



काठमाडौं । नयाँ बनेको सत्ता गठबन्धनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल थप दुई वर्ष प्रधानमन्त्री बन्ने भएका छन् ।

यस्तै उनको दुई वर्ष पूरा भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री दिनेबारे छलफल भएको छ ।

हाल बालुवाटारमा जारी नयाँ सत्ता गठबन्धनको बैठकमा उपस्थित एक नेताले भने, ‘अन्य पावर सेयरिङ पनि त्यसरी नै हुने छ ।’

यस्तै, गृहमा अहिलेसम्म रास्वपा सभापति रवि लामिछानेलाई नै पठाउने छलफल चलिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्