माओवादी जमेको पोखरी होइन, गडगडाउने नदी हो : प्रचण्ड



काठमाडौं । गठबन्धन परिर्वतन गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निरन्तरतामा क्रम भंगता भएको बताएका छन् ।

सोमबार दिउँसो काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यसलाई नयाँ उथलपुथल भएको बताएका हुन् । उनले भने, ‘माओवादी जमेको पोखरी जसरी बस्ने होइन, गडगडाउने नदी जस्तो हो ।’

माओवादी निरन्तरतामा रमाएर बस्न नसक्ने भएकाले निरन्तरतामा क्रम भंग गरेको उनको भनाइ छ । घेरा हालेर सिध्याउने कोशिश भएपनि त्यसलाई तोड्दै आएको भन्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘म नर्मदासम्म देशमा उथलपुथल भइराख्छ ।’

प्रतिक्रिया दिनुहोस्