नेकपा एमालेले पदम गिरीलाई सरकारमा पठाउने



काठमाडौं । नेकपा एमालेले पदम गिरीलाई सरकारमा पठाउने भएको छ । कांग्रेससँगको गठबन्धन छोडेर माओवादीले एमालेसँग गठबन्धन गरेपछि सरकारमा नयाँ कोर्स सुरु भएको हो ।

नयाँ गठबन्धन सरकारमा एमाले, माओवादी, रास्वपा र जसपा जाने सहमति भएको छ । एमालेबाट मन्त्री बन्न लागेका गिरी यसअघि पनि प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री भएका थिए ।

प्रधानमन्त्री दाहालले सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाएर आजै सानो आकारको मन्त्रीमण्डल गठन गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्