प्रतिनिधिसभा बैठक स्थगित हुने



काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमले प्रतिनिधिसभाको आजका लागि पूर्वनिर्धारित बैठक स्थगित हुने भएको छ ।

संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको पूर्वनिर्धारित बैठक स्थगितका लागि मौखिक जानकारी आएकाले केही समयमा स्थगितबारे सूचना निकाल्ने बताइएको छ ।

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि तय भएको थियो । आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले स‌सदलाई सम्बोधन गर्ने कार्यसूची रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्