त्रिकोणात्मक टी–२० सिरिज : फाइनलमा नेपाल र नेदरल्याण्ड्स भिड्दै



काठमाडौं । नेपाल र नेदरल्याण्ड्स राजधानीमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा पुगेका छन् ।

आइतबार नामिबिया र नेदरल्याण्ड्सबीचको खेल वर्षाले प्रभावित भएसँगै दुबैले टिमले एक–एक अङ्क बाँडेपछि नेपाल र नेदरल्याण्ड्स फाइनल पुगेका हुन् ।

अङ्क तालिकामा नेदरल्याण्ड्सले ४ खेलमा ५ अंक पाएको भने नेपालको ४ खेलबाट ४ अङ्क रहेको छ । त्यस्तै नामिबियाको ४ खेलमा ३ अङ्क मात्र रहेको छ ।

अब नेपाल र नेदरल्याण्ड्सबीचको फाइनल खेल टियू मैदानमा मंगलबार हुने छ ।

प्रतिक्रिया दिनुहोस्