केबिन रोहन उपत्यका प्रतियोगिता शुरु



काठमाडौं । नेपाल क्योकिसिन काईकान अलाइट कराते एसोसिएशन एण्ड किक बक्सीङ संघद्वारा आयोजित ८ औ केबिन रोहन उपत्यका प्रतियोगिता आज शुक्रबारदेखि शुरु भएको छ ।

काठमाडौं स्थित दक्षिणकाली –१ खहरेमा इण्डो नेपाल प्रतियोगिता तथा अन्तराष्ट्रिय सेमिनार एवं ८ औ केबिन रोहन उपत्यका प्रतियोगिता आयोजना भएको हो । प्रतियोगिताको बागमती उद्घघाटन संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले गर्नुभएको छ । मन्त्री महर्जनले खेल पर्यटन विकासको लागि महत्वपूर्ण रहेको बताउनु भयो ।

आगामी आर्थिक बजेटमा खेल विकासको लागि पनि कुरा उल्लेख गर्ने बताउनु भयो । प्रतियोगितामा दक्षिणकाली नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत, उपप्रमुख बसन्ती तामाङ डंगोलले उक्त प्रतियोगिताको सफलताका लागि शुभकामना दिनुभएको थियो । प्रतियोगितामा नेपालका सातै प्रदेश र भारत, वंगलादेशलगायतका देश सहभागी छन् ।

प्रतियोगिताका लागि अन्तराष्ट्रीय क्योकिसिन काईकान अलाइट संघका अध्यक्ष पेटर ल्वल , उपाध्यक्ष पेटर होगर्थ, अन्तर्राष्ट्रिय साबाकी कराते(दो तेसिन्काई संगठनका संस्थापक तथा अध्यक्ष बेरी जोनस्टोन सहभागी हुनुभएको छ । प्रतियोगिता आइतबार सम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्