¥याफ्टिङ टोली भारत जाने



काठमाडौं । विश्व ¥याफ्टिङ महासंघको आयोजना तथा भारतीय ¥याफ्टिङ फाउन्डेसनको तत्वावधानमा हुने एसियाली ¥याफ्टिङ च्याम्पियनसिपमा सहभागी हुन ५ खेलाडीसहित ७ सदस्य नेपाली टोली शनिबार भारतको हिमान्चल प्रदेश जाने भएको छ ।

मार्च ३ देखि १० तारिखसम्म हुने प्रतियोगितामा सविन गुरुङ, शक्तिकुमार गुरुङ, विजय गुरुङ र डम्बरबहादुर पुर्वाछानेले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । वैकल्पिक खेलाडीमा दीपेश पुन मगर रहेको नेपाल ¥याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठले जनाएका छन् ।

अफिसियलमा संघका कोषाध्यक्ष महेश थापा र प्रशिक्षकमा भीष्मराज थपलिया छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे । सो अवसरमा राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्ट, नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, संघका वरिष्ठ उपाध्यक्ष सूर्यप्रसाद जोशी, सचिव सुनिल अर्याललगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्