सेमिफाइनल समीकरण पूरा



प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगिताको सेमिफाइनल समीकरण बिहीबार पूरा भएको छ । शुक्रबार हुने पहिलो सेमिफाइनलमा नेपाल आर्मीले लुम्बिनी प्रदेशसंग प्रतिस्पर्धा गर्नेछ भने दोश्रोमा सुदूरपश्चिम प्रदेशले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी विरुद्ध खेल्ने छ ।

बिहीबार भएको खेलमा आर्मीले मधेश प्रदेशलाई ६–१ गोलले पराजित ग¥यो । आर्मीका ‘प्लेयर अफ द म्याच’ सीतामाया बल र कमला चन्दले २–२ तथा सीमा खड्का र ममता भट्टले १–१ गोल गरे । मधेशकी भूमिकाकुमारी महतोले सान्त्वना गोल फर्काइन् ।

सुदूरपश्चिमले लुम्बिनीलाई ५–० गोलले हरायो । सन्जनाकुमारी भरातीले ह्याट्रिक गरिन् भने बुलबुल कुमारीले २ गोल थपिन् । सुदूरपश्चिमकी सरिता उराव झागढ ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।

प्रतिक्रिया दिनुहोस्