स्वस्तिश्री दोहोरो उपाधिनजिक



आयोजक स्वस्तिश्री गुरुकुल आईबी वल्र्ड स्कुलको दुई टोली तेश्रो एसजी अन्तरविद्यालय ब्वाइज फुटसल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेको छ । यु–१६ र यु–१४ उमेरसमूहमा स्वस्तिश्री फाइनलमा पुग्न सफल भयो ।

यु–१६ मा स्वस्तिश्रीले निसर्ग वाटिकालाई टाइब्रेकरमा ३–२ गोलले पराजित ग¥यो । निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएको थियो । फाइनलमा स्वस्तिश्रीको भेट पाठशालासंग हुनेछ । अर्को सेमिफाइनलमा पाठशालाले पारामाउन्टलाई १–० गोलले हरायो ।

यु–१४ मा स्वस्तिश्री ‘ए’ ले एक्सेल्सियरलाई १–० गोलले पाखा लगाउदै रिब्ससंग उपाधि भिडन्त पक्का ग¥यो । रिब्सले ग्यालेक्सीमाथि ३–१ को जित निकाल्यो ।

यु–१२ मा ब्रम्हकुञ्ज र नाम्स उपाधिका लागि भिड्ने भएका छन् । ब्रम्कुञ्जले ब्राइट फ्युचरलाई ४–१ तथा नाम्सले रिब्सलाई २–१ गोलले पन्छाए । फाइनल शुक्रबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्