ट्रिपरले ठक्कर दिँदा २ जनाको मृत्यु, तीन घाईते



मोरङ । बेलबारीमा ट्रिपरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । बेलबारी नगरपालिका–३ स्थित पुरानो मालपोत जाने बाटोमा शुक्रबार बिहान दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो ।

मृत्यु हुनेको सनाखत नभएको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिम गइरहेको सुमो गाडीलाई ओभरट्याग गर्नेक्रममा ट्रिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

मे १ झ २८५६ नम्बरको सुमो गाडीलाई प्रदेश ०२–००१ ख ९६७६ नम्बरका ट्रिपरले ठक्कर दिएको थियो ।

ठक्करपछि गाडी प्रदेश ३ क ००१ ख २७१८ नम्बरको यात्रुबाहक बसमा समेत ठक्कर खाएको थियो ।

प्रतिक्रिया दिनुहोस्