बूढानीलकण्ठ नगरपालिका शिक्षा समितिमा ध्रुवप्रसाद घिमिरे सहित २ जना मनोनीत



काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाको शिक्षा समितिमा बूढानीलकण्ठ नगरपालिकाको एकमात्र नमूना विद्यालय बाल उद्धार मा.वि. का अध्यक्ष ध्रुवप्रसाद घिमिरेलाई नगरप्रमुख मिठाराम अधिकारीको अध्यक्षतामा बसेको बैठकले मनोनीत गरेको छ ।

बूढानीलकण्ठ नगरपालिकाकोले २०७५ मा बनाएको स्थानीय शिक्षा नीति अनुसार अन्य कल्ष्टरबाट सदस्यहरु मनोनीत गरिएको भएपनि सामुदायिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षको तर्फबाट छान्नुपर्ने सदस्य समेत निवर्तमान नगरप्रमुख उद्वव खरेलले बेवास्ता गरेर मनोनीत गरेका थिएनन् ।

बूढानीलकण्ठ नगरपालिकाका १९ वटा सामुदायिक विद्यालयको प्रतिनिधित्व गर्दै नगर शिक्षा समितिमा छानिएका ध्रुवप्रसाद घिमिरेले बाल उद्धार माध्यमिक विद्यालयको भौतिक पूर्वाधार विकास र शैक्षिक गुणस्तर विकासमा निर्वाह गरेको भूमिका नगरभरी चर्चाको विषय बनेको छ । घिमिरेको पहलमा विद्यालयका २२० जना बालबालिकाहरुले विगत २ वर्षदेखि दैनिक ३० रुपैयाँको दरले दिवा खाजाको सुविधा प्राप्त गरिरहेका छन् भने ४२ जना भन्दा बढी बालबालिकाले विद्यालय पूर्ण छात्रवृत्ति सहित नि:शुल्क पोशाक, स्टेशनरीको समेत व्यवस्था गरेका छन् ।

बूढानीलकण्ठ नगरपालिका नगरप्रमुख मिठाराम अधिकारीको निर्वाचन अभियानमा मिडिया संयोजकको भूमिका निर्वाह गरेका घिमिरेलाई सल्लाहकार नबनाएर शिक्षा समितिमा मनोनीत गरेपछि सरोकारवालाहरुले नगरप्रमुखको मुख्य टिममै रहेर सामुदायिक शिक्षा रुपान्तरणमा महत्वपूर्ण भूमिका दिने संकेतको रूपमा बुझ्न थालिएको छ ।

बूढानीलकण्ठ नगरपालिकाका निवर्तमान नगरप्रमुख उद्वव खरेलले काङ्ग्रेस समर्थक गणेश मा.वि.का प्रधानाध्यापक मिनकाजी महर्जनलाई नगर शिक्षा समितिमा मनोनीत गरेपछि आलोचित बनेका थिए भने वर्तमान नगरप्रमुखले नौलिन मा.वि. चुनिखेलका विष्णुकाजी श्रेष्ठ र अभिभावकको तर्फबाट शिक्षासेवी राजकुमार घिमिरेलाई मनोनीत गरेपछि जनप्रतिनिधिहरु हर्षित देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस्