त्रिकोणात्मक टी–२० सिरिज : नामिवियाविरुद्ध नेपालको दोस्रो सफलता



काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेलमा नामिवियाविरुद्ध नेपालले दोस्रो सफलता पाएको छ । कप्तान रोहितकुमार पौडेलले नेपाललाई दोस्रो सफलता दिलाएका हुन् ।

उनले ८.२ ओभरमा जेपी कोट्जेलाई विवेक यादवको हातबाट क्याच आउट गराए । विवेकले बाउन्ड्री लाइन नजिकै ड्राइभ हानेर उत्कृष्ट क्याच लिए ।

कोट्जेले आउट हुनुअघि ९ बलमा ११ रन बनाए । नामिबियाको स्कोर ४९ रन छ ।

यसअघि करण केसीले माइकल भान लिंगेनलाई आउट गरेका थिए । आउट हुनुअघि लिंगेनले १९ बलमा २० रन बनाए ।

प्रतिक्रिया दिनुहोस्