काष्ठमण्डप र नामीलाई उपाधि



काठमाडौं । आयोजक काष्ठमण्डप र नामीले सातौं काष्ठमण्डप अन्तर ए लेभल थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । काष्ठमण्डप ब्वाइज तथा नामी गल्र्समा च्याम्पियन बने ।

मण्डिखाटारस्थित घरेलु कोर्टमा भएको ब्वाइज फाइनलमा काष्ठमण्डपले ओरियन्टलाई १३–९ ले पराजित ग¥यो । काष्ठमण्डपका अन्सुल गोपालीले ११ तथा चिराग हमालले २ अंक जोडे ।

गल्र्सको उपाधि भिडन्तमा नामीले बूढानीलकण्ठलाई २२–१ ले सहजै हरायो । नामीका गुरुत्सो लामाले ११, छिरिङ शेर्पाले ८ र सुवेक्षा लामाले ३ स्कोर गरे ।

प्रतियोगिताको ब्वाइजमा काष्ठमण्डपका अन्शुल तथा गल्र्समा नामीकी गुरुत्सो ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, काष्ठमण्डपकी संस्थापक निर्देशक एवं प्रिन्सिपल डा. शिवा थापा, काष्ठमण्डपकी निर्देशक इला पिया र ए लेभल को–ओर्डिनेटर यादव थपलियाले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुई प्रतियोगिताको ब्वाइजमा ८ तथा गल्र्समा ४ टिम सहभागी थिए । गल्र्सको प्रतिस्पर्धा पहिलोपटक राखिएको काष्ठमण्डपका इसीए इन्चार्ज सुन्दर बुढाथोकीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्