राजनीतिक दलसम्बन्धी संशोधन विधेयक प्रतिनिधिसभामा पेस



काठमाडौं । ‘राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक, २०८०’ प्रतिनिधि सभामा पेस भएको छ ।

आज बसेको प्रतिनिधिसभा बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो विधेयक पेस गरेका हुन् ।

गृहमन्त्री श्रेष्ठले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को केही व्यवस्थामा अध्यादेशले संशोधन गरेको र सो पश्चात् उक्त अध्यादेश खारेज भएको अवस्थामा ऐनको साबिककै व्यवस्था कायम राख्न आवश्यक देखिएकाले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको सो विधेयक प्रतिनिधिसभा पेस गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्