सितापाइलामा ३ जना मृत फेला



काठमाडौं । काठमाडौंको सितापाइलामा तीन जना मृत फेला परेका छन् । प्रहरीका अनुसार ३८ वर्षीया महिला तथा उनका ८ वर्षीया छोरी र २ वर्षीया नातिनी घरको कोठाभित्र मृत फेला परेका हुन् । उनीहरुको हत्या भएको आशंका छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले घरको कोठाभित्र तीन वटा शव फेला परेको जानकारी पाएपछि घटनास्थल पुगेर अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्