बारामा सवारी दुर्घटना, दुई जनाको मृत्यु, ३ घाइते



बारा । बाराको पथलैयामा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । घटनामा तीन जना घाइते भएका छन् ।

पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिका– २१ स्थित आधाबारमा बोलेरो र ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक रामकुमार महतोले हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०२६ च १३३४ नम्बरको बोलेरो र विपरित दिशाबाट जाँदै गरेको ना ६ ख ३३५२ नम्बरको ट्रक एकापसमा ठोक्किएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्