
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा किनबेच भइरहेको छ ।
महासंघका अनुसार सुन सोमबार पनि सोही मूल्यमा किनबेच भएको थियो ।
त्यसै गरी, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी तोलाको १४१० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।