मृत्यु भइसकेका मान्छेको पेन्सन झिकेको आरोपमा एक जना पक्राउ



काठमाडौं । मृत्यु भइसकेका व्यक्तिहरुको पेनसन बैंकबाट आफैंले झिकेर लिई ठगी गरेको आरोपमा प्रहरीले वाणिज्य बैंकका कार्यालय सहयोगीलाई पक्राउ गरेको छ।

वाणिज्य बैंकको महाराजगञ्ज शाखाका कार्यालय सहयोगी पूण्यप्रसाद अधिकारीले बैंकमा पेन्सन खाता भएका र मृत्यु भइसकेको व्यक्तिको आफैंले पेन्सन बुझेको भेटिएको जिल्ला प्रहरी काठमाडौंले जनाएको छ ।

प्रहरीले उनलाई पक्राउ गरेर बैंकिङ कसुर र ठगीमा अनुसन्धानका लागि हिरासतमा राख्न उच्च अदालत पाटनसँग अनुमति मागेको छ ।

प्रहरीका अनुसार रामेछापको लिखु तामाकोशी गाउँपालिका घर भएका उनले कम्तीमा ८ जनाको पेन्सन पट्टाबाट आफैंले पेन्सन लिएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्