माओवादीको पहिचान नामले होइन कामले रहेको हो : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी नामले मात्रै केही नहुने भन्दै केन्द्रीय समिति बैठकमा पार्टीको नाम परिवर्तनका लागि तयार हुन निर्देशन दिएका छन् ।

आइतबार सुरु भएर सोमबार सकिएको केन्द्रीय समिति बैठकमा प्रचण्डले सम्बोधन गर्दै माओवादीको पहिचान नामले भन्दा पनि कामले गर्दा रहेको तर्क गरेका हुन् ।

‘हाम्रो पहिचान बाँकी रहेको माओवादी नामले नै हो भनिन्छ, तर नाम होइन काम ठूलो हो’, प्रचण्डले बैठकमा भने, ‘नामले मात्र केही हुँदैन, काम अनुसार पार्टीको नाम चाहिन्छ ।’

प्रचण्डले अब जातिय र क्षेत्रिय मोर्चालाई पूनर्जिवित गरी संगठित आन्दोलन गर्ने र पहिचानको मुद्दालाई सशक्त रुपमा उठाउने बताए ।

प्रतिक्रिया दिनुहोस्