फागुन १ गते सार्वजनिक बिदा छैन : गृह मन्त्रालय



काठमाडौं । सरकारले फागुन १ गते सार्वजनिक बिदा नरहेको बताएको छ ।

सोमबार एक विज्ञप्ति जारी गरी गृह मन्त्रालयले यसअघि सरकारले यसअघि सार्वजनिक बिदा घोषणा गरे पनि हाल बिदा कायम नरहेको उल्लेख गरेको हो ।

‘‘ २०८० फागुन १ गते मंगलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको व्यहोरा सम्वद्ध सबैको जानकारीका लागि अनुरोध छ’, गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्