काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले त्रिभुवन विमानस्थलको अध्यागमनमा सहज र प्रभावकारी सेवा प्रदान गर्न सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा आइतबार बसेको समिति बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको समन्वयमा आवश्यक जनशक्ति थप गरि अध्यागमनमा सहज र प्रभावकारी सेवा प्रदान गर्न सरकारलाई निर्देशन दिएको हो ।
त्यस्तै, बैठकले अध्यागमन सम्बन्धमा विद्यमान ऐन नियम समयानुकूल परिमार्जन गर्न निर्देशन दिएको छ भने भिसा लगायतका समस्या समाधान गर्न गृह मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए ।