अध्यागमनले आजदेखि लागू गर्‍यो ई–भिसा



काठमाडौं । अध्यागमन विभागले आजदेखि ई–भिसा लागू गरेको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ई–भिसा प्रिन्ट गरेर दिँदै यसको सुरुवात गरेका हुन् ।

ई–भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सेवाको औपचारिक सुरुवात भएको विभागका महानिर्देशक रुद्रसिंह तामाङले जानकारी बताए ।

भिसाका लागि जहाँबाट पनि आफैँ आवेदन दिन सकिनेछ । विभागले केही समय परीक्षण गरेर आजदेखि यसको लागू गरेको हो ।

उसबाट नेपालमा धेरै पर्यटक भित्र्याउन र उनीहरूलाई सहजता प्रदान सकिने अध्यागमनको विश्वास छ । अब नेपाल आउन चाहने पर्यटकलाई भिसाका लागि दूतावास जानु पर्ने छैन ।

ईभिसाको शुभारम्भ गर्दै गृहमन्त्री श्रेष्ठले अब भिसाको लागि आम नागरिकले दुःख नपाउने बताए । मन्त्रालयले अब सबै कार्य अनलाइन प्रक्रियामार्फत गर्दै जाने र कर्मचारीलाई पनि परिष्कृत गर्दै लैजाने मन्त्री श्रेष्ठको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्