बाल उद्धार माध्यमिक विद्यालयको सहायक प्रधानाध्यापकमा मुरारी ढकाल छ्नोट



काठमाडौं । करिब २ वर्षदेखि रिक्त रहेको बाल उद्धार माध्यमिक विद्यालयमा विद्यालयकै शिक्षक मुरारी कुमार ढकाललाई सहायक प्रधानाध्यापकमा छ्नोट गरिएको छ ।

सहायक प्रधानाध्यापकको लागि खुल्ला गरिएको दरखास्तमा विद्यालयका ७ जना शिक्षकको उम्मेदवारी परेको थियो ।

उम्मेदवारी फिर्ताको लागि दिईएको समयावधिमा अन्य ५ जना उम्मेदवारले आफ्नो दाबी फिर्ता लिएपछि शिक्षक सतेन्द्र अर्याल र मुरारीकुमार ढकालले आज बिहान विद्यालय विकास कार्ययोजनाको प्रस्तुतिकरण सहितको प्रस्तुतिकरण गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका सबै सदस्यहरुद्वारा दिईएको नम्बरलाई औषतमा जोडि निकालिएको नतिजा अनुसार विद्यालयको सहायक प्रधानाध्यापकमा ढकाल छनोट भएका हुन् ।

प्रस्तुतिकरण र अन्तर्वार्तामा सोधिएका प्रश्नको जवाफ अनुसार दिईएको नम्बर अनुसार व्यवस्थापन समितिका सबै सदस्यहरुले अर्याललाई भन्दा ढकाललाई बढी नम्बर दिएका थिए ।

बाल उद्धार माध्यमिक विद्यालयको ३५ वर्षे ईतिहासमा विद्यालय विकास कार्ययोजना सहित विद्यालय व्यवस्थापन समितिका सबै सदस्यहरुले सामुहिक निर्णय गरिनुलाई कतिपय शिक्षकले शक्तिशाली सहायक प्रधानाध्यापक हुने अड्कल गरेको भएपनि शिक्षा नियमावली अनुसार सहायक-प्रधानाध्यापक प्रधानाध्यापक कै मातहतमा रहेर काम गर्नुपर्ने देखिन्छ ।

विद्यालयको नतिजा प्रकाशन सम्बन्धि सूचना :

प्रतिक्रिया दिनुहोस्