
चितवन । चितवनमा बाबु छोरी सवार मोटरसाइकललाई जिपले ठक्कर दिँदा बाबुको मृत्यु भएको छ भने छोरी घाइते भएकी छिन् ।
मंगलबार साँझ भरतपुर महानगरपालिका–१६ शिवघाटस्थित शरणपुरबाट नारायणगढतर्फ आउँदै गरेको बा.प्र. ००१ च ११९७ नम्बरको जिपले बा.प्र.००३ प ८६२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सोही ठाँउका ४१ बर्षीय मधुसुदन खत्रीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
मोटरसाइकलको पछाडि बसेकी मधुसुदनकै छोरी १५ बर्षीया अपेक्षा खत्री गम्भीर घाइते भएकी छिन् । दुबै खुट्टामा चोट लागेकी अपेक्षाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।





