कराते टोली क्यानाडा जाने



काठमाडौं । च्यालेन्ज कराते रिभर नोर्डको १६ औं संस्करणमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली शुक्रबार क्यानाडाको मोन्ट्रियल जाने भएको छ ।

जनवरी २७ र २८ तारिखमा हुने प्रतियोगिताको भेट्रान ४० वर्षमाथि पुरुष ५५ केजीमुनि प्रेमप्रसाद नेपाल र ६७ केजीमुनि मणिकुमार सुनुवारले प्रतिस्पर्धा गर्ने छन् । प्रशिक्षकमा साइला गमाल छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे ।

प्रतिक्रिया दिनुहोस्