
काठमाडौं । बुढानिलकण्ठ–१२ मा रहेको प्रशान्ति एकेडेमिमा १५ औं वार्षिक खेलकुद सप्ताहको अवसरमा विभिन्न खेलहरु सम्पन्न भएको छ ।


माघ ६ गतेदेखि शुरु भएको खेदकुद सप्ताहमा सोहि विद्यालयका विद्यार्थीहरुले विभिन्न खेलहरु प्रदर्शन गरेका छन् ।

विद्यार्थीहरुले चम्पा दौड, बल संकलन, शट पुट, रिले रेस, ब्याडमिन्टन, भलिबल, बोरा दौड, बेलुन फुट्ने, गणित दौड, टेबल टेनिस, कराँते जस्ता खेलकुदमा भाग लिगेका थिए ।


खेलकुद सप्ताहमा स–साना बालबालीका देखि ठूला विद्यार्थीहरुको सहभागि रहेको थियो । प्रशान्ति एकेडेमिले विद्यार्थीहरुको लागि विद्यालयमा विभिन्न कार्यक्रमहरु राख्दै आएको छ ।






