पोखरामा सवारी दुर्घटना, एकजनाको मृत्यु, २ घाइते



कास्की । कास्कीमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

कास्की पोखरा महानगरपालिका-१८ चिसाखोला नजिक मेथलाङबाट बाग्लुङ बसपार्कतर्फ आउँदै गरेको ग ३ च २६०३ नम्बरको दुध बोक्ने बोलेरो दुर्घटना हुँदा सवारी चालक ४९ वर्षीय कृष्ण बहादुर थापाको मृत्‍यु भएको प्रहरीले जनाएको छ ।

यस्तै सवारी दुर्घटनामा दुई जना घाइते भएका छन् । घाइते हुनेहरूमा पोखरा नगरपालिका-१८ बस्‍ने ६९ वर्षीया हिमकला थापा र सोही ठाउँमा बस्‍ने ७० वर्षीया चन्द्रकला थापा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्