
काठमाडौं । त्रि–ज्योति मा.वि.मा कक्षा–०७ मा अध्ययनरत छात्र लोयाङ शेर्पा वल्र्ड राइजिङ स्टार–२०२४ मा विश्व विजेता भएका छन् ।
युरोपको जर्जियामा जनवरी २२ मा भएको उक्त प्रतियोगितामा विश्वभरबाट सहभागी भएका बालबालिकाहरुलाई पछि पार्दै ट्यालेन्ट राउण्डको विजेता र सम्पूर्ण राउण्डबाट प्रमुख विजेता भई विद्यालय र देशको गरिमा बढाउन योगदान पु¥याए ।
विगत लामो समयदेखि स्नेह, ज्ञान र नेतृत्वको माध्यमबाट जीवनोपयोगी शिक्षा प्रदान गर्दै आइरहेको त्रि–ज्योति मा.वि.ले बालबालिकाको प्रतिभालाई उजागर गर्दै जाने अभियानमा संलग्न रहेको कारण विश्व विजेताको उपाधि त्रि–ज्योति मा.वि.ले जित्न सफल भयो ।





