
काठमाडौं । रूसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु भएको छ ।
रुस-युक्रेन युद्धमा लमजुङको दूधपोखरी गाउँपालिका-१ घामर चोकका ३२ वर्षीय साजन गुरुङको मृत्यु भएको स्रोतले बताएको छ ।
स्रोतका अनुसार रोजगारीका लागि रुसी सेनामा पुगेका गुरुङको मृत्यु भएको खबर परिवारलाई प्राप्त भइसकेको छ।
यसअघि रुसी सेनामा भर्ना भएका १० नेपालीको मृत्यु भइसकेको छ । योसँगै मृत्यु हुने नेपालीको संख्या ११ पुगेको छ ।





