नारायणथानमा फिटजोन सञ्चालनमा



काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाको नारायणथानमा फिटजोन फिट्नेस एन्ड जिम सञ्चालनमा आएको छ ।

नायक राजेश हमालले फिटजोनको सोमबार एक कार्यक्रमबीच उद्घाटन गरे ।

विनोद वज्राचार्य र सुधा बानियाँको संयुक्त लगानीमा फिटजोन सञ्चालन गरिएको हो । फिटजोन सञ्चालन गर्न करिब २ करोड खर्च भएको वज्राचार्यले जनाएका छन् । विनोद र सुधानै फिटजोनका प्रशिक्षक पनि हुन् ।

फिटजोनमा जिम, कार्डियो, साउना, स्टिम, जुम्बा एरोबिक्स, किक बक्सिङ, योगालगायतका सुविधा छन् ।

प्रतिक्रिया दिनुहोस्